पर्वतबाट पहिलो मन्त्री बन्नेमा गिरी

डिसी नेपाल
३ माघ २०७९ १५:५२
208
Shares

कुश्मा। पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराएका गिरी जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुन्।

पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन। पञ्चायतकालको सुरुआतमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२र२३ सालमा राज्यमन्त्री बनेका थिए। त्यसको केही वर्षपछि सोही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बनेका थिए।

यस्तै २०३९ सालमा जलजला–४,मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बनेका थिए। त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल भएका थिए।

पर्वतमा यसअघि छ जनामन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए। यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन्। “पर्वतलाई लामो समयदेखि उपेक्षामा राखिएको थियो”, स्थानीय राजु पौडेलले भने, “अहिले मन्त्री पाएपछि पर्वतको विकास हुने अपेक्षा गरेका छौँ।”

विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बनेका थिए।

विसं २०७२ मा आठाँै जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *