वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित

डिसी नेपाल
७ माघ २०७९ ९:०९
80
Shares

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन्।

काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित भए। अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङले १५१, कुमुद खनालले १३१ र ईश्वरबहादुर जीसीले १२८ मत पाए।

महासचिव र सचिव बाहेक सबै पदाधिकारी भण्डारी समूहका निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित भए।

सदस्यहरुमा राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवीमाया थापा, बैकुण्ठप्रसाद पौड्याल (बैभव), कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भूसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बू निर्वाचित भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *