छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा

डिसी नेपाल
९ माघ २०७९ ११:०७
60
Shares

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उहाँले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए।

“अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ”, उनले भने, “सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन । मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौँ।”

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए। मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारे।

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुङ्ग्याइने बताए। उनले भने, “अब जे जसो गरी भए पनि मन्त्रालय समायोजनको विषयमा छिट्टै टुङ्गो लाग्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.