सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता (तस्बिरहरु)
काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

सशस्त्र प्रहरीले राजस्व संकलनमा पुराएको सहयोगदेखि आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कामको प्रधानमन्त्री प्रचण्डले प्रसंसा गरे।

उनले सशस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास लगाएतका सामाग्री लगाएत जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने जानकारी दिए।

उनले अनुशासित, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए।

प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दिर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा विशिष्ठ योगदान पुराएको भन्दै ज्ञानेन्द्रराज राइलाई ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित गरिएको थियो। कार्यक्रममा सशस्त्र प्रहरीले बिभिन्न कलाकौशल प्रस्तुत गरेको थियो।













डिसी नेपाल







Facebook Comment