पाउँदै नपाएको उपाधि देखाएपछि अख्तियारको फन्दामा

डिसी नेपाल
९ माघ २०७९ २०:२७
396
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यस्तै डा ज्ञानेन्द्रमान सिंह कार्कीले डा ज्ञानेन्द्रलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौँ विश्वविद्यालयले सिफारिश गर्नसम्म सक्नेमा नियुक्ति दिएका आधारमा नपाएको ओहोदाको प्रमाणपत्र प्रयोग गरेको र त्यसमा मतियारको भूमिका निर्वाह गरेको पाइएको छ।

आयोगले दुवैलाई कानूनअनुसार कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *