तस्बिरमा हेर्नुहोस् २२औं सशस्त्र प्रहरी दिवस

डिसी नेपाल
९ माघ २०७९ २२:४८

 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार ‘२२औं सशस्त्र प्रहरी दिवस २०७९’को अवसरमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक भएका छन्।

सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव विनोद प्रकाश सिंह, संवैधानिक निकायका प्रमुखहरु, कामठमाडौं महानगरपालिका प्रमुख, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको उपस्थिति रहेको थियो।

 

यस्तै, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *