एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

डिसी नेपाल
१० माघ २०७९ १२:५५
208
Shares

झापा। झापाको कचनकवल-४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ।

एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार बिहान उनीहरुको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। गत साउन पनि कचनकवल-५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *