आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड आसिफलाई

डिसी नेपाल
१२ माघ २०७९ १८:०७
228
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (उच्च खेल भावना अवार्ड) जितेका छन्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको जनाएको छ । आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो । आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *