प्रेमप्रसाद आचार्यले उल्लेख गरेका ब्यक्ति र संघसंस्थाविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं । प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह प्रयासमा दुरुत्साहन गरेकाे भन्दै प्रहरीमा जाहेरी परेको छ ।
विहिबार अधिवक्ता स्वागत नेपाल नेतृत्वको टोलीले टेकु प्रहरीमा प्रेमप्रसाद आचार्यको आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएका हुन् ।
प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपूर्व सामाजिक सञ्जालमा केही ब्यक्ति र संघसंस्थाका नाम उल्लेख गरेका थिए ।
नयाँबानेश्वरस्थित सडकमा मंगलबार आत्मदाह प्रयास गरी उपचारको क्रममा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment