केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने
काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ।
काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष किरण पौडेलले जानकारी दिए।
उनका अनुसार विजेता टिमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार, प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार नगद पुरस्कार पाउनेछन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment