क्यानका ७ जना केन्द्रिय सदस्यहरुले मागे पदाधिकारीको राजीनामा

डिसी नेपाल
१५ माघ २०७९ १८:४८
24
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रिय सदस्यहरुले क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा माग गरेका छन्।

क्यानका केन्द्रिय सदस्यहरुले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेको हो।

क्यानका केन्द्रिय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरेका हुन्।

नेपाल टी–ट्वान्टी लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै राजीनामाको माग गरिएको केन्द्रीय सदस्य ऋषिराम गौतमले बताए।

नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनले आरोप लगाए। पटक पटक सचेत गराउदा पनि भारतीय कम्पनिलाई नेपाली क्रिकेट सुम्पीने हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन नमिल्ने उनले बताए।

नेपाल टी–ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो।

स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *