सरकारले विभेदपूर्ण व्यवहार गरेकाे भन्दै उद्योगी व्यवसायी प्रदर्शनमा (फोटो फिचर)

डिसी नेपाल
१६ माघ २०७९ १३:४३

काठमाडाैं। सरकारले आफूहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र बित्तीय संस्थाहरुले आतंकविरुद्ध व्यवसायीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देउ, उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यस्तै उनीहरुले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन्। उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुने तर आफुहरु भने सधै घाटामा गएको गुनासो उनीहरुले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *