युवतीले इन्स्टाग्राममा आफूजस्तै देखिने युवती खोजिन्, भेट्न बोलाएर हत्या गरिन्

डिसी नेपाल
१९ माघ २०७९ १२:३३
4.2k
Shares

काठमाडौं । एक युवतीले आफ्नो मृत्यु भएको देखाउन आफूजस्तै देखिने अर्की युवतीको हत्या गरिन् । आरोपित युवतीले इन्स्टाग्राममा आफ्नो अनुहारसँग अनुहार मिल्ने युवती खोजेकी थिइन् । पीडित युवतीलाई आरोपी युवतीले धारिलो हतियारले ५० पटक प्रहार गरेकी छिन् । अचम्मको कुरा त यो जघन्य अपराधमा आरोपी युवतीका प्रेमी पनि संलग्न थिए ।

वास्तवमा आरोपित युवतीको परिवारसँग केही विषयमा झगडा भइरहेको थियो । यस कारणले उनले आफ्नो मृत्यु देखाउन खादिदजा ओ नामकी महिलाको हत्या गरेकी थिइन् । उनी आफ्नो मृत्यु भएको कुरा परिवारले विश्वास गरुन् भन्ने चाहन्थिन् ।

२३ वर्षीय शरबन केले गत वर्ष जर्मनीको इङ्गोलस्टाडमा अफ्नै उमेरकी सौन्दर्य ब्लगर खादिदजा ओको हत्या गरेको आरोप छ।

खादिदजालाई धारिलो हतियारले ५० भन्दा बढी पटक प्रहार गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् । उनको शव शरवनको मर्सिडिज कारको पछाडिको सिटमा भेटिएको थियो । यस घटनामा शरबनका प्रेमी ‘शेकिर के’ पनि संलग्न थिए। दुवैले हत्यापछि मृतक खादिदजाको अनुहार पनि बिगारेका थिए ।

हत्यापछि दुवै जना लुकेर बसेका थिए । कारभित्रबाट खादिजाको शव फेला परेपछि प्रहरीले शरबनका परिवारसँग पनि यस विषयमा सोधपुछ गरेको थियो । तर, पोस्टमार्टम रिपोर्टमा वास्तवमा खादिदजाको मृत्यु भएको खुलेको छ ।

यस मामिलामा गत साता मात्रै प्रहरीले शरबनलाई खादिदजा हत्या प्रकरणमा अभियुक्त मानेको थियो । सोही क्रममा सरकारी वकिलले धेरै अनुसन्धानपछि शरबनले इन्स्टाग्राममा खादिदजालाई खोजेको अदालतमा बताए ।

शरबन आफू जस्तै देखिने केटी खोज्न चाहन्थिन् । महान्यायाधिवक्ता भेरोनिका ग्रेगरले स्थानीय पत्रिका बिल्डलाई बताइन् कि शरबनले आफूजस्तै देखिने धेरै केटीहरूलाई सम्पर्क गरेकी थिइन्।

शरबनले ब्यूटी ब्लगर खादिदजालाई इन्स्टाग्राममा मेसेज पठाएर कस्मेटिक्सको बारेमा सोधपुछ गरेको अनुसन्धानबाट खुलेको छ । यसैबीच शरबनले खादिदजालाई भेट्न बोलाइन् । खादिदजाको हत्या भएको दिन शरबनले आफ्ना आमाबुवाका अगाडि पनि झुटो कथा बनाइन् ।

शरबनले पूर्व श्रीमानलाई भेट्न लागेको बताएकी थिइन् तर वास्तवमा उनले आफ्नो प्रेमीलाई भेटिन् । त्यसपछि खादिदजालाई कारमा लगेर जंगलमा लगेर हत्या गरिन् । यसपछि शरवनले जानाजानी कारलाई शव सजिलै खोज्न सकिने ठाउँमा पार्किङ गरिन् ।

प्रहरीले यस विषयमा अनुसन्धान थालेपछि मृत्यु भएकी युवतीले मदिरा सेवन नगरेको स्पष्ट भयो । त्यसपछि उनले शरवनको सामाजिक सञ्जाल अकाउन्ट चेक गरे । सोही अनुसन्धानमा उनी आफूजस्तै देखिने यस्ता धेरै युवतीसँग सम्पर्कमा रहेको खुलासा भएको थियो ।

त्यसपछि प्रहरीले शरवानलाई पक्राउ गरेको थियो । शरबनका प्रेमीलाई पनि हत्यामा संलग्न भएको आरोप लागेको छ ।

यस घटनामा प्रहरी प्रवक्ता एन्ड्रेस आइचेलले हत्यामा प्रयोग भएको हतियारको खोजी भइरहेको बताए । उनले यस घटनामा अनुसन्धानमा संलग्न व्यक्तिले दक्षता देखाएकोले आरोपित र उनका सहयोगीलाई पक्राउ गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *