दुबइबाट उडेको विमान १३ घण्टासम्म हावामा घुमेपछि दुबइमै अवतरण !

डिसी नेपाल
१९ माघ २०७९ १५:४९

काठमाडौं । खाडी मुलुक दुबईबाट न्युजिल्याण्डका लागि उडेको विमानले बिच बाटोबाट यू-टर्न लिनुपरेको छ । अकल्याण्ड पुग्न लागेको विमानमा बसेका यात्रुहरु दुबई विमानस्थलमा फर्किएका छन् । यस अवधिमा विमान १३ घण्टा हावामा रह्यो र उडानले ९ हजार माइल अर्थात करिब १४ हजार ४८४ किलोमिटरको दुरी तय गरेको थियो ।

फक्स न्युजको रिपोर्ट अनुसार शुक्रबार बिहान १०.३० बजे (दुबई समय) इमिरेट्सको फ्लाइट नम्बर इके ४४८ दुबई एयरपोर्टबाट न्यूजिल्याण्डको अकल्याण्ड शहरका लागि उडेको थियो। तर बीचमै उडान दुबई फर्काइएको थियो। यु-टर्न लिने निर्णय हुँदा उडानले करिब ४.५ हजार माइल अर्थात् ७ हजार किलोमिटरभन्दा बढीको दूरी तय गरेको थियो ।

विमानले बीच बाटोमा यू-टर्न लिएपछि जहाजमा सवार यात्रु पनि छक्क परेका थिए । उक्त उडान शुक्रबार राति पुनः दुबई विमानस्थलमा अवतरण गरिएको थियो । न्युजिल्यान्डका धेरै सहरमा अहिले भारी वर्षा भइरहेकाले यात्राको बीचमा यो निर्णय लिनुपरेको हो । स्थिति यति नाजुक बनेको छ कि धेरै क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ ।

वास्तवमा, दुबईबाट उडेको उडान बिच बाटोमा हुँदा बाढीका कारण अकल्यान्ड एयरपोर्टको उडान बन्द भएको जानकारी दिइएको थियो । लगातारको वर्षापछि त्यहाँको धावनमार्ग पनि पानीले भरिएको थियो । जानकारी पाएपछि पाइलटले यु-टर्न लिएर उडानलाई दुबई फर्काउने निर्णय गरे। तर, आइतबार बिहानैदेखि अकल्याण्ड विमानस्थलको सञ्चालन सुचारु भएको छ ।

घटनापछि एमिरेट्सले एक विज्ञप्ति जारी गरेको छ । उडान बीचमै फर्किँदा यात्रुलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको जनाएको छ । कम्पनी अकल्याण्ड एयरपोर्टका अधिकारीहरूसँग सम्पर्कमा छ। अपडेट प्राप्त गरेपछि, उडान अकल्याण्डमा पुन: रुट गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *