विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने शिक्षक पक्राउ
नैरोबी। केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ।
उक्त फुटेजमा विद्यालयको पोसाकमा रहेका चार जना केटाहरूले विद्यालय परिसरको रूखमुनि यौन क्रियाकलापको नक्कल गरिरहेको देखाइएको छ।
उक्त क्लिप (२९ सेकेन्ड लामो)को पृष्ठभूमिमा यी छ जना गफ गरिरहेको र एक नाङ्गा (शर्ट नलगाएका) बालकले आफ्नो अनुहारबाट आँसु पुछ्दै गर्दा हाँस्दै गरेको सुनिन्छ।
राजधानी नैरोबीबाट करिब तीन सय किलोमिटर टाढापर्ने न्यामाचे भन्ने ग्रामीण सहरमा ‘विद्यालयका विद्यार्थीहरूलाई अशोभनीय कार्यको पर्दाफास गरेको’ भिडियो रेकर्ड गरिएको प्रहरीले जनाएको छ।
एएफपीलाई प्राप्त एक रिपोर्टमा प्रहरीले पाँच महिला र एक पुरुष गरी छ जना शिक्षकलाई पक्राउ गरिएको र अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।
यस घटनाले केन्याली सामाजिक सञ्जालमा आक्रोश पैदा गरेको छ र धेरैले रूढीवादी, इसाई राष्ट्रमा कारबाहीको माग गरेका छन्।
“यो निकै अपमानजनक छ । वयस्कहरूले बच्चाहरूलाई एक्लै छोड्न आवश्यक छ ! यो पनि के हो???” एक प्रयोगकर्ताको ट्विटरमा पोस्ट गरिएको छ।
“यो वास्तवमा यी बच्चाहरूका लागि हुनसक्ने ‘सबैभन्दा खराब’ दुर्व्यबहार हो। के यी शिक्षकहरूले यी बच्चाहरूलाई दिइरहेको आघातको बारेमा सोचेका थिए?” अर्को व्यक्तिको ट्वीटर सन्देशमा भनिएको छ।
शिक्षामन्त्री इजकिएल माचोगुले शिक्षकहरूलाई अनुशासनको कारबाही गरिने र दोषी पाइएमा बर्खास्त गरिने बताएका छन्।
केन्याको यौन अपराध ऐनअनुसार अर्को व्यक्तिलाई अशोभनीय कार्य गर्न बाध्य पार्ने व्यक्तिलाई कम्तीमा पाँच वर्षको जेल सजाय हुनसक्छ।







डिसी नेपाल







Facebook Comment