पाकिस्तानले २०२३ को एकदिवसीय विश्वकप नखेल्ने !

डिसी नेपाल
२२ माघ २०७९ १५:१८
7.4k
Shares

काठमाडौं । भारतीय क्रिकेटबाट पाकिस्तानलाई ठूलो झट्का लागेको छ । एसियाली क्रिकेट काउन्सिलको बैठकमा भारतले एसिया कप २०२३ खेल्न पाकिस्तान भ्रमण नगर्ने स्पष्ट पारेको छ । यसपछि पाकिस्तान नराम्रोसँग असन्तुष्ट भएको छ र अब उसले २०२३ को एकदिवसीय विश्वकप नखेल्ने विषयमा विचार गरिरहेको खबर आएको छ ।

रिपोर्टका अनुसार पाकिस्तान क्रिकेट बोर्ड एसिया कपका लागि पाकिस्तान भ्रमण नगर्ने बीसीसीआईको निर्णयबाट निकै आक्रोशित छ। बीसीसीआइले स्पष्ट गरेको छ कि यदि एशिया कप तटस्थ स्थानमा आयोजना भयो भने मात्र भारत सहभागी हुनेछ।

विराट कोहली, रोहित शर्मा र शुभमन गिल जस्ता खेलाडी कुनै पनि प्रतियोगितामा नआएपछि प्रायोजक आफैं पछि हट्ने भन्दै भारतले आफ्ना खेलाडी पाकिस्तान नजाने स्पष्ट पारेको छ ।

एसिया कप २०२३ पाकिस्तानबाट बाहिर सारिएमा पाकिस्तान भारतमा हुने एकदिवसीय विश्वकप २०२३ मा सहभागी नहुने रिपोर्टमा दाबी गरिएको छ । भारतको विरोधपछि एसिया कप युएईमा सार्ने तयारी भइरहेको छ ।

उल्लेखनीय कुरा के छ भने बीसीसीआई सचिव जय शाहले एसियाली क्रिकेट काउन्सिलको बैठकमा भारतीय टोलीका खेलाडीहरु पाकिस्तान भ्रमण नगर्ने स्पष्ट रुपमा भनेका थिए । बीसीसीआईले सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

भारत र पाकिस्तानबीच लामो समयदेखि राजनीतिक सम्बन्ध राम्रो छैन । दुवै टोली आईसीसी प्रतियोगितामा मात्रै एकअर्कासँग खेल्छन्। हालै सन् २०२२ मा भएको टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल भएको थियो त्यसमा भारतले जितेको थियो ।


No ads found for this position

प्रतिक्रिया

One thought on “पाकिस्तानले २०२३ को एकदिवसीय विश्वकप नखेल्ने !”

  1. यसले सारा बिश्व क्रीकेट फ्यानलाइ नै स्तब्भ बनायो देश सङगको जति दुश्मनी भयपनी खेल मा चाहिँ सहभागी भयकै राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *