अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यासको घोषणा
सिडनी। अस्ट्रेलिया टोलीका विश्व विजेता ३६ वर्षको उमेरमा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए पनि फिन्चले घरेलु लिगहरू भने खेल्ने जनाएका छन्। उनका अनुसार बिग बास लिग र अन्य घरेलु टी-२० प्रतियोगितामा खेल्ने छन्। गत सेप्टेम्बरमा मात्रै एकदिवसीय अन्तर्राष्ट्रियबाट गिन्सले संन्यास लिएका थिए।
फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलोपटक २०२१ को टी-२० विश्वकप जितेको थियो। गिन्सले अस्ट्रेलियाका लागि पाँच टेस्ट, १४६ एकदिवसीय र १०३ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। फिन्च अस्ट्रेलियाका लागि टी-२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर बनाउने ब्याटर हुन्।
टी-२० मा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि रहेका फिन्चले टी-२० करियरमा १०३ खेलमा दुई शतक र १९ अर्धशतकको मद्दतमा ३ हजार १२० रन बनाएको रेकर्ड छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment