जसपाले पठायो संघीय मञ्चलाई एकीकरणका लागि पत्र
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल)ले पार्टीले एकताका लागि संघीय लोकतान्त्रिक मञ्चलाई पत्राचार गरेको छ ।
एकता वार्ताका समितिका संयोजक राजेन्द्र श्रेष्ठले एक पत्र लेख्दै पार्टी एकताका लागि कुमार लिङदेन नेतृत्वको संघीय मञ्चलाई पत्राचार गरेका हुन ।
‘हाम्रो पार्टी राजनीतिक समितिको बैठकले निति, सिद्धान्त र बिचार मिल्ने राजनीतिक दलसँग ठोस रुपमा पार्टी एकताको पहल गर्न पार्टी बार्ता समिति गठन गर्नुको साथै त्यसको बैचारिक आधारको रुपमा पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने निष्कर्ष निकालेको छ,’ श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, ‘अतस् पार्टी एकताका लागि बिचाराधारात्मक तथा संगठनात्मक बिषयमा वार्ता एवम छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अघि बढाउन चाहान्छौं ।’
जसपाको राजनीतिक समितिको गत १८ र १९ पुसमा बसेको बैठकले बिचारधारा मिल्ने पार्टी एकता गर्नका लागि श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।








डिसी नेपाल








Facebook Comment