टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे
काठमाडौँ। टर्कीमा साेमवार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन्।
मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण टर्कीमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका हुन्। ३१ वर्षीया अत्सुको स्वास्थ्यबारे थप विवरण आउन बाँकी नै रहेको छ।
अस्तु सम्पकबिहीन भएको भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको थियो। सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो।
साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन्। वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन्।
टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी राखेका थिए । टेस्पोरका ३१ वर्षका अत्सुले गत आइतबार मात्र सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment