मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपबाट बाहिरियो

डिसी नेपाल
२६ माघ २०७९ ८:४७
624
Shares

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो।

पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्ततः १४ औं पटक फ्रेन्च कप उपाधी विजेता पिएसजी वाहिरिनु परेको हो।

खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाए पनि तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याउन सफल भएका थिए।

तर मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै पुनः अग्रता दिलाए। त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका गोल रक्षकले पटक पटक विफल बनाइ दिए।

मेसी र नेइमार जस्ता खेलाडीकाे आक्रमणलाई पनि मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजीको फ्रेन्च कप उपाधीको यात्रा टुंगिन पुगेको थियो।

फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *