एकीकृत समाजवादी लगायत अन्य पार्टीसँग एकीकरणका लागि माओवादीको प्रयास जारी

डिसी नेपाल
२६ माघ २०७९ १६:२१
120
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बिचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ ।

त्यसका लागि वार्ता समितिका संयोजक कृष्ण बहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, (माओवादी समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह र धर्मेन्द्र समूह), अन्य वाम पार्टीहरु, समूह र व्यक्तिहरुसँग भइरहेको वार्ता गरिसकेको माओवादीले जनाएको छ ।

सो बारेमा हालै सम्पन्न स्थायी कमिटीमा महराले जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।

‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने र अन्य वामपार्टी, समूह र व्यक्तिहरुसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्नेगरी वार्ता अगाडी बढिरहेको निश्कर्ष बैठकमा वार्ता संमितिका संयोजक महराले राख्नु भएको छ,’ माओवादीद्धारा जारी परिपत्रमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.