माओवादी केन्द्रिय समितको भर्चुअल बैठक बस्दै
काठमाडौं। नेकपा माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ।
स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो। भर्चुअल माध्यमबाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो।
सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment