सेना दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

डिसी नेपाल
२८ माघ २०७९ १६:४४
52
Shares

काठमाडौं। सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित ‘कोउस ओपन म्याराथुन तथा रन फर फन २०७०’ सम्पन्न भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन्। सो खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा आयोजना गरिदै आएको छ।

प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला, गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन भएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिएको छ। प्रतियोगितामा तीन सय धावक सहभागी छन्।

तस्विरः नेपाली सेना

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *