विमान दुर्घटनामा परेकी प्रेमिकाको कथामा गोविनले बनाए अमेरिकामा छोटो फिल्म (भिडियोसहित)
ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बसबाट इन्डलेस (ट्रु लभ नेभर डाइस्) अनन्त नामक छोटो चलचित्र बनाएका छन्। गत महिना ७२ जनाको ज्यान जानेगरि भएको बिमान दुर्घट्नामा प्रेमिका गुमाएको विषय यो छोटो चलचित्रमा देखाइएको छ।

कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, फ्यरपोर्ट हारबर ओहायो, जस्ता स्थानमा छायांकन गरिएकोे यो चलचित्र १० मिनेट रहेको छ। नेक्स्टजेन्स् प्रोडक्सनको प्रस्तुती रहेको यो सांगितिक छोटो चलचित्रमा निर्देशन गोविन घिमिरेले गरेका छन्। छायांकन तथा सम्पादन समेत उनकै रहेको छ।

सेन्ट्रल ओहायोको पिक्रिन्टन शहरमा बस्दै आएका उनी छोटा फिल्म, म्युजिक भिडीयो बनाउदै आएका छन्। कोलम्बसकै गायक प्रविण दियालीको स्वर रहेको सेतो कुर्ता रातो सारी गीतमा अमेरिकामा सुन्दर दृष्य देख्न सकिन्छ।

सन्तोष सुनार शब्द\संगीत रहेको यो गीती चलचित्रमा बुन्नी शाह, लक्ष्मी बराइली, कमल अधिकारी, पवन ढकाल, लिला अधिकारी, पम्फा अधिकारीको अभिनय रहेको छ। चलचित्रको सह निर्देशन कमल अधिकारीले गरेका छन्।

फिल्ममा प्रभा सुवेदीको श्रृंगार तथा भेषभुषा रहेको छ। चलचित्र ओएसआर डिजीटल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ। चलचित्रका निर्देशक गोविन भन्छन् ‘यहा बसेर पनि यस क्षेत्रमा केही गरौ भन्ने हुटहुटीले आफ्नो क्षेत्रबाट केही गर्ने कोशीस गरेका छौ, दर्शकहरुले कामको मुल्यांकन गरिदिनु हुनेछ।’




No ads found for this position


डिसी नेपाल
Facebook Comment