३३.५७ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० अङ्कले बढेर ३९६.३३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा जीबन विकास लघुवित्त र ग्लोबल आईएमई बैंकको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसुचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा लिबर्टी इनर्जी कम्पनी र छ्यांदी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आदर्श लघुवित्त र खाप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment