आठ दलको बैठकमा एलिजा गौतम पनि!

डिसी नेपाल
१४ फागुन २०७९ १९:३८
1.7k
Shares

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलीय गठबन्धनको सयुक्त बैठक जारी छ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ।

सो बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्री दाहाल, देव गुरुङ्, शक्ति बस्नेत, जसपाबाट अशोक राइ र राजेन्द्र श्रेष्ठ रहेका छन्।

यस्तै,  जनमोर्चबाट अध्यक्ष चित्रबहादुर केसी, जनमतबाट मन्त्री अब्दुल खान, लोसपाबाट अध्यक्ष महेन्द्र ठाकुर, सरतसिंह भण्डारी र नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रन्जिता श्रेष्ठ साथै नेतृ एलिजा गौतम सहभागी रहेका छन्।

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा केही दिनअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। उनी पनि ८ दलीय गठबन्धनको सयुक्त बैठकमा सहभागी भएकी छन्।

बैठकमा नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको देखी अन्य समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने बताईएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.