राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी

डिसी नेपाल
१४ फागुन २०७९ २२:१७
28
Shares

काठमाडौं। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन भएका छन्।

काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई सर्वसम्मत चयन गरेको हो।

संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको हो।

संगठनको केन्द्रिय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन्। केसी राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत हुन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विधाबारिधी अध्यनरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.