चार कम्युनिष्ट पार्टीको बैठक, कार्यदल गठन

डिसी नेपाल
१५ फागुन २०७९ १९:५४
404
Shares

काठमाडौं। चार कम्युनिष्ट पार्टीको बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा निर्मित र क्रियाशील संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न चार दलीय कार्यदल गठन गरेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको चार दलका प्रमुख नेताको बैठकले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गरी चार दलको आगामी बैठकमा पेश गर्न कार्यदल गठन गरेको हो।

कार्यदलमा नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता जागृत रायमाझी र नेकपा माओवादी समाजवादीका नेता आरवी भण्डारी रहेका छन्।

चार पार्टीको अर्को बैठक यही फागुन १८ गते बस्ने तय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *