राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

डिसी नेपाल
१६ फागुन २०७९ १७:३३
40
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् ।

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा  बहराइन प्रस्थान गर्ने कार्यक्रम छ । आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.