प्रदेश १ प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा

डिसी नेपाल
१७ फागुन २०७९ २०:३९
96
Shares

काठमाडौं। प्रदेश १ को प्रदेश सभाले प्रदेशको नामकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्दै प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरेको जानकारी दिए।

प्रजिअ भट्टराईले जारी गरेको सूचनामा प्रदेश १ को प्रदेश सभा नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपश्चात् पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय सङ्घसंस्था) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *