बिकासको पाटो, पृथ्वीविचारको बाटो

खगेन्द्रराज सिटौला
१९ फागुन २०७९ ७:५८

पृथ्वीविचारको मूलबाटोमा हिँडेर नेपाललाई विकसित मुलुक बनाउन सकिन्छ भन्ने आधार यहाँ प्रस्तुत गर्न कोशिस गरिने छ। पृथ्वीविचार आफैं विकास विचार हो। विकासको अर्को नाम पृथ्वीविचार हो।

पृथ्वीविचारलाई विकासबाट अलग्याउन सकिँदैन भने विकासलाई पृथ्वीविचारबाट अलग्याउन सकिँदैन। पृथ्वीविचार र विकास आफैंमा एउटा साझा नाम हो, साझा अभियान र साझा आन्दोलन पनि हो।

जसले विकास चाहन्छ उसले पृथ्वीविचार पढ्छ। जसले पृथ्वीविचार पढ्छ उसले विकासको मूलकडी बुझ्छ। जसले विकासको मूलकडी बुझ्छ उसैले समृद्ध नेपालको सपना पनि देख्छ र सपनालाई विपनामा रुपान्तरण गर्ने आधार पनि भेट्छ।

आउनुहोस् हामी पनि पृथ्वीविचार र विकासमा एकछिन् हराऔं र विकासको मूलबाटो फेला पारेर मुलुकलाई यही बाटोबाट अघि बढाएमा समृद्ध नेपालको सपनाले मूर्त रुप लिन सक्ने विश्वास बोकेर अघि बढौं।

पृथ्वीविचार समग्र विकासको एउटा सिंगो डालो हो अर्थात प्याकेज हो। यसले विकासका सबै सार र धारलाई सम्वोधन गर्छ। चल्तीका शब्दहरु अथवा विकासका प्रारम्भिक शर्तहरु गाँस,बास कपासलाई पृथ्वीविचारले सम्वोधन गर्दछ।

गाँस,बास, कपास मात्र होइन यी माथि नगद पनि थप्छ पृथ्वीविचारको विकासले। शासन, सुशासन, अनुशासन सबै किसिमले बलिया जन र भित्रिन्छ कसरी विदेशी धन आदि सबै सवालको जवाफ दिन्छ पृथ्वीविचारको विकासले।

विकासका लोभलाग्दा जे जस्ता नयाँ नारा र कार्यक्रम अघि सारे पनि ती पृथ्वीविचार र विकासको घेरा तोडेर बाहिर जानै सक्तैनन्। ती सबै पृथ्वीविचारका घेरा भित्रै पर्दछन्। पृथ्वीविचार र विकासको विशेषता र विकासको शक्ति नै यही हो।

विकास कहाँबाट सुरु गरौं। पृथ्वीविचारको जगमा उभिएर विकासमा अघि बढौं। पहिला गाँस, बास, कपास र नगदको सम्वोधन हुने विकास पृथ्वीविचारबाट खोजौं। कृषिलाई विकासको महत्वपूर्ण कडी बनाएर अघि बढ्न पृथ्वीविचारले निर्देशन गरेको छ।

कृषि उत्पादन योग्य जमिनको संरक्षण र अवरोध रहित सिंचाइको निरन्तरता भनेर पृथ्वीविचारले कृषि उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको मूल कडी बनाउन भनेको हो। यो त्यसै हचुवाको भरमा आएको विचार होइन।

यसमा आधार छन्। जल, जमिन, जंगल, जलवायु, जनवार र जनशक्ति कृषि उत्पादनको लागि नेपाल सबै किसिमले अनुकूल छ। यही अनुकूलता माथि उभिएर कृषिको उत्पादनको विकास गरेर राष्ट्रको विकासलाई दरिलो बनाउनु पर्छ भन्ने पृथ्वीविचारको बाटोमा हिँडेर कम्तिमा पनि कृषि उत्पादनमा आत्मनिर्भर हुनु बाहेक कुनै विकल्प छैन नेपालसँग।

आत्मनिर्भर मात्र होइन कृषि उत्पादनको निर्यातक मुलुकको संभावना बोकोको मुलुक परनिर्भर हुनु राष्ट्रिय लज्जा हो। सरकार सोझै खेतमा सोझै गोठमा कृषि कार्यक्रमको घोषणा गर। आसेपासे राजनीति पहुँचका नक्कली किसान र भ्रष्ट कर्मचारी गठजोडको भ्रष्टचारलाई प्रहार गर सरकार।

सोझै सक्कली किसानलाई सबै किसिमले सहयोग गर सरकार। कृषिको लहरले सरकार। यही मात्रै हो गाँसको समस्या समाधनन गर्ने अचुक औषधी पृथ्वीविचार र विकास।

आत्मनिर्भर मात्र होइन कृषि उत्पादनको निर्यातक मुलुकको संभावना बोकोको मुलुक परनिर्भर हुनु राष्ट्रिय लज्जा हो। सरकार सोझै खेतमा सोझै गोठमा कृषि कार्यक्रमको घोषणा गर। आसेपासे राजनीति पहुँचका नक्कली किसान र भ्रष्ट कर्मचारी गठजोडको भ्रष्टचारलाई प्रहार गर सरकार।

अव कपासमा लागौं। पृथ्वीनारायण शाहले कपासलाई जोड दिएका छन्। पृथ्वीविचार भनेको स्वदेशमा नै कपडा उत्पादन गर्ने र त्यही कपडाले आफ्नो आवश्यकता पूरा गर्ने भन्ने हो। सरकार पञ्चायतकालमा पनि कपास विकास कम्पनी थियो। त्यसले कपास उत्पादन गर्दथ्यो र कपास उत्पादन क्षेत्र बढाउँथ्यो साथै अध्यायन र अनुसन्धान समेत गर्दथ्यो।

त्यसले नेपालकै हेटौंडा कपडा उद्योगलाई आपूर्ति गर्दथ्यो। यो पृथ्वीविचार र विकास थियो कपडा उत्पादनको क्ष्ोत्रमा। यसलाई २०४६ सालको परिवर्तनले जोगाएर बढाएर लान सकेन। बरु यसलाई समाप्तै बनाइदियो।

पहिला धेरै नेपालीहरु आफ्नै घरमा, गाउँमा वा वरपर गाउँमा बुनेका घरबुना कपडा लगाएका हुन्थे। बाहिरी मुलुकका सस्ता कपडाले ती सबै ध्वस्त भए। गाउँ घरतिर पनि कपास खेती गर्न छोडे कपडा बन्न छोडे चर्खाहरु थन्किए। कपडा विकासमा पृथ्वीविचार पनि थन्कियो।

पृथ्वीविचारले आफ्नै कपडा उत्पादन गर्नु, अझ प्रविधि भित्र्याएर गुणस्तर सुधार गर्नु, सधै्र आफ्नै कपडा लगाउनु र कपडाको लागि विदेश जाने पैसा बचाउनु भनेका थिए। यसको पनि अनुसरण भएन। खाद्य सामाग्रीमा जस्तै कपडामा पनि अर्बाैं नगद बाहिर गइरहेको छ।

सरकार कपासमा फर्क। कपास उत्पादनको पकेट क्षेत्र खोज। गुणस्तरीय कपासको बीउ र प्रविधि खोज। नेपाललाई सुती कपडा उत्पादनको विशेष क्षेत्र बनाउ। स्वस्थकर सुती कपडाको देश विदेशमा माग र बजार ठूलो छ।

पृथ्वीनारायण शाहले भने जस्तै यसको गुणस्तरीय अझ विश्वस्तरीय बनाउन सीप सिकाउ प्रविधि भित्र्याउ। कपास उत्पादनको लागि सबै किसिमले सहजिकरण गर उत्प्रेरित गर। अल्लो, गाँजा र उनमा पनि ध्यान देउ । यसरी पृथ्वीविचार र विकासमा गाँसमा जोडिए जस्तै कपासमा पनि जोडियौ सरकार।

पृथ्वीविचार र विकासको अर्को बाटो नगद खैंचने पाटो हो। यो भनेको विदेशी मुद्रा आर्जन गर्ने उपाया र योजना हो। पृथ्वीनारायण शाहले जडीबुटी र अन्य जिनिसलाई निर्यात गर्ने र नगद खैचने भनेका छन्।

सरकार यतातिर ध्यान देउ। केहीवर्ष अगाडि छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा नेपालमा नगद आर्जन गर्न जडीबुटीको ठूलो संभावना छ भन्दा के नयाँ कुरो बोले है मोदीले भनेर हल नै चर्काउँला झैं गरेर ताली पड्कायौ।

तर यही कुरा आफ्ना राष्ट्रनिर्माताले धेरै पहिला नै निर्देशन विचार अघि सारेका थिए भनेर कहिल्यै हेक्का राखेनौ कहिल्यै पृथ्वीनारायण र पृथ्वीविचारको समर्थनमा गरमजोशीकोसाथ ताली पड्काएनौ। अथवा बुझ पचाएर राष्ट्रनिर्माताको अपमान गर्नुलाई आफ्नो बहादुरी ठान्यौ।

बाबा रामदेव आउँदा भगवान नै आए झैं गरेर उनको चरणमा लम्पसार पर्न पुग्यौ। उनकै सहकर्मी नेपाली मूलका भारतीय बालकृष्ण र उनले जडीबुटीको ब्यापारले गरेको चमत्कार देखेका छौ तर पृथ्वीविचारलाई नजरअन्दाज गरेका छौ।

पृथ्वीविचारमा विकास छ पृथ्वीविचारमा नगद छ भनेर चेत कहिले खुल्ने हो सरकार? जडीबुटीको नेपालमा ठूलो संभावना छ ठूलो मनले ठूलो योजना बनाउ यहाँ ठूलै नगदको ह्रास छ। सरकार पृथ्वीनारायण शाहले भनेको नगद षैचनेलाई विदेशी मुद्रा आर्जन गर्ने बुझ र यसको एउटा प्याकेज योजना अघि सार र काम थाल परिणाम निकाल।

पृथ्वीनारायण शाहले नेपालको सुन्दरतालाई ईश्वरको रचना भनेका छन्। नेपालको सुन्दर प्रकृति, नेपाली विविध संस्कृति र पूर्वीय आध्यात्मिक धारको केन्द्र नेपाल आफैंमा नेपाल नगद षैंचने बलियो आधार हो।

यसको मौलिकता नष्ट हुन नदिन नेपाललाई ओमकार परिवारको साझा तीर्थस्थलको रुपमा कायम राखिरहन पृथ्वीनारयण शाहको असली हिन्दुस्तानाको मर्मलाई पक्रँदै वैधानिक रुपले नेपाललाई हिन्दुराज्य नै घोषण गरौं।

हिन्दुका तीर्थस्थल र बुद्धको जन्मस्थलले धार्मिक पर्यटक तान्छन् भने प्रकृति र सांस्कृतिक सुन्दरताले अन्य पर्यटक तान्दछन्। पर्यटन आफैमा नेपालको धन हो। पृथ्वीविचारको नगद तान्नेमा पर्यटन उद्योगलाई जोडौं पर्यटनलाई विकासको मुख्यकडी मान्दै पर्यटन उद्योग र पूर्वाधाराको तीब्र गतिमा विकास गरौं।

सरकार पृथ्वीविचार र विकास स्वदेशी सीप र साधनबाटै निकास हो भन्ने बुझ। विकासको निकास यहीबाट खोज। सरकार पृथ्वीविचारले भनेजस्तै सीपयुक्त जनशक्ति निर्माणमा योजना बनाउ। शिक्षा नीति र तालिम नीतिमा ब्यापक फेरबदल गर। प्राविधिक र वैज्ञानिक शिक्षामा जोड गर। दक्ष श्रमशक्तिको नेपाल बनाउ।

सरकार निदाउँदा पनि पानीमा बिउझिँदा पनि पानीमा नेपालको विकास पानीमा छ भन्ने बुझ। पृथ्वीविचार र विकास भनेको नगद तान्ने मात्रै होइन नगद थाम्ने पनि हो। चक्का, चुलो, उज्यालो र उत्पादमा विजुली जोड। पृथ्वीविचारको यसो भए नगद विदेश जाँदैन हो यो।

सरकार पानी बेच, नदी नबेच, विजुली बेच अधिकार नबेच। विजुली उपयोग पहिलो प्राथमिक सोच। विजुलीका चुलालाई प्रोत्साहन गर, ग्यासलाई निरुत्साहित गर। चक्का डिजेल, पेट्रोलले होइन बिजुलीले घुमाउ।

योजना आयोग एक घण्टा पृथ्वीविचार पढ दिनमा र पृथ्वीविचालाई विकासमा जोड। आयतमूलक अर्थतन्त्रलाई निर्यातमूलक अर्थतन्त्रमा बदल्न सम्भव सबै प्रयास गर सरकार। कम्तिमा पनि व्यापार असन्तुलनलाई घटाउने योजना त बनाउ।

सरकार अलिकति त दुख छिमेकीले चौकिदार मुलुक भनेर बारम्बार होच्याउँदा खेरी। यस्तै अरु धेरै मुलुकले नोकर मुलुक भनेर होच्याउलान्। खण्डन गर्ने आधार पनि छैन सरकार।

घोसे मुन्टो लगाएर हुन्दे नानी जस्तो देख्छन् उस्तै भन्छन् भन्नु बाहेक अर्को विकल्पै छैन सरकार। लामो समय देखि अवलम्वन गर्दै आएको पृथ्वीविचार विपरित अर्थनीति र विकसनीतिको परिणाम हो सरकार।

पृथ्वीविचार आफैमा तीब्र गतिको विकास हो। भ्रष्टाचारले विकास थला परेको छ जताततै। पृथ्वीविचार आफैमा भ्रष्टाचारमाथि चोटिलो प्रहार गर्ने हतियार हो।

सरकार प्रहार गर जताततै। भ्रष्टाचारको छातीमाथि पृथ्वीविचारको घोडा कुदाउ सरकार। यसले सुशासन दिन्छ र विकासले गति लिन्छ । शर्त एउटै हो सरकार भ्रष्टाचार गर्ने तर भ्रष्टाचार विरोधी भाषण गर्ने, सानातिना कार्यबाहीको प्रचार गर्ने नीतिगत र ठूला भ्रष्टाचारमा साझेदार हुने पाखण्डी र ढोंगी हुनु भएन। सत्तापक्ष पनि हुनु भएन प्रतिपक्ष पनि हुनु भएन।

भ्रष्टाचारमा कुशलता हासिल गरेका सिपालु भ्रष्टाचारीहरुलाई अख्तियारमा ल्याएर ठूला भ्रष्टाचारी, सरकार, ठूला दल नेताको कमाई खाने साझा थलो नबनाउ अख्तियार दुरुपयोग आयोगलाई।

यसलाई पृथ्वीविचारले साँध लगाउ र नाम र जिम्मेवारी अनुसार नै काममा लगाउ सरकार। अत सबैलाई चेतना भया पृथ्वीविचारले विकास पनि दिन्छ निकास पनि दिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *