चैनपुरमा पाँच हजार आठ सय कफीका बिरुवा वितरण

डिसी नेपाल
३० जेठ २०८३ १६:२१

किमाथाङ्का (सङ्खुवासभा) । चैनपुर नगरपालिका वडा नम्बर २ ले कफीखेती प्रवद्र्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई कफीका बिरुवा वितरण गरेको छ। वडामा रहेका चार वटा टोलका किसानलाई पाँच हजार ८०० कफीका बिरुवा निःशुल्क वितरण गरिएको वडाध्यक्ष फुर्दावा शेर्पाले बताए।

कफीखेतीलाई आयआर्जनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न वडा कार्यालयले विशेष प्राथमिकता दिएर कफिका बिरुवा वितरण गरेको वडाध्यक्ष शेर्पाले बताए। वडा नम्बर २ लाई आगामी दिनमा कफी पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यअनुरूप कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

पहिलो चरणमा पिङडाँडा, झाँक्रीचोक, धनसार र चितलाङ टोलमा बिरुवा वितरण गरिएको छ। कफीखेतीका लागि उपयुक्त हावापानी र भूगोल भएकाले बिरुवा वितरण गरिएको हो।

कफीखेती विस्तारसँगै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ। स्थानीय किसानले निःशुल्क रूपमा प्राप्त बिरुवाले कफीखेती विस्तार गर्न उत्साह मिलेको बताएका छन्।

उत्पादनपछि बजार व्यवस्थापन र प्राविधिक सहयोगमा समेत स्थानीय तहले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। चैनपुर नगरपालिका–२ ले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न नगदेबाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *