आज बानेश्वरमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

डिसी नेपाल
२० फागुन २०७९ ७:५५
132
Shares

काठमाडाैं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। ब्यावसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंकाे बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापावाट सुरु भएकाे अभियानले बुटबल हुँदै देशका बिभिन्न शहरमा प्रदर्शन गरिसकेको छ। सो महाअभियनले आर्थिक अन्याय र बेथितिको विरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन्।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील साे अभियानकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *