मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेँः माधव नेपाल

डिसी नेपाल
२० फागुन २०७९ १७:३१
232
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्त्व नदिएको बताएका छन्

शनिबार काठमाडौंमा पार्टी निकट दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको चूनावको सन्दर्भमा आफ्नो पार्टीमा प्रस्ताव आएको भन्दै पदलाई नभएर नेपालको राजनीतिलाई स्थायीत्व दिने कुरालाई महत्त्व दिएको बताए । उनले देशलाई अघि बढाउनका लागि पार्टीको स्वार्थलाई त्याग्दै आठ दलीय गठबन्धनमार्फत सहमतिमा राष्ट्रपति उम्मेदवार गरिएको दावी गरे ।

अहिले पनि नेपालको राजनीतिमा आफ्नो पार्टीको धेरै भूमिका रहेकाले नै विभिन्न प्रस्तावहरु आइरहेको उनको भनाइ छ । त्यस्तै अध्यक्ष नेपालले वर्तमान सरकारलाई पार्टीको समर्थन रहेको र विश्वासको मत लिने बेला पनि समर्थन हुने बताए । वर्तमान सरकारलाई पूर्णता दिएर देशैभरी आठ दलीय गठबन्धनको सरकार बनाउनका लागि अघि बढ्ने उनले बताए । अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताको खाँचो रहेकाले नेकपालाई ब्युताउनका लागि पहल गर्नुपर्ने धारणा राखे ।

उनले आफ्नो पार्टी अरु पार्टीमा समाहित हुने अवस्था नरहेको बरु सम्मानजनक एकताको पक्षमा रहेको जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.