धनकुटाबाट १ सय ६ केजी गाँजा बरामद
धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ।
कोसी राजमार्गको धरान-धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
गाडी चालक भने फरार रहेको बताइएको छ। शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए।
गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment