कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ

डिसी नेपाल
२३ फागुन २०७९ १४:००
124
Shares

काभ्रे। धुलिखेलमा  कौडा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

धुलिखेल नगरपालिका – ३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका – ५ बस्ने २७ वर्षीय महेन्द्र दाहालसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको  हो।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *