द्वन्द्वकालका घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्छः रमेश लेखक

डिसी नेपाल
२३ फागुन २०७९ १७:२६
60
Shares

काठमाडौं। नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।

मंगलबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले ५२ देखि ६२ साल सम्मका द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताएका हुन्।

उनले फौजादारी न्यायको सामान्य प्रक्रियाबाट नभई संक्रमणकालीन न्यायकै प्रबन्धबाट द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्ने धारणा राखे।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धीत ऐनलाई परिमार्जित गरेर बिधेयकका रुपमा तत्काल संसदमा पेश गरेर कानून बनाउनुपर्ने र कानून अनुसार आयोग गठन गरेर सबैकामलाइ तार्किक निष्कर्षमा पुराउनुपर्ने बताए।

लेखकले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने बिषय सर्वोच्चलाइ राम्रोसँग जानकारी भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.