अमेरिकामा नेपालीले मनाए होली
अमेरिका। संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन्।
नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमबार आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो।
नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित सो कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले उल्लेख गरेका छन्।
प्रवासको व्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय सँधै कटिबद्ध रहिरहने पोखरेलको भनाई छ।
यता ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगंटन डिसी लगायतका ठॉउहरूमा रहेका नेपालीहरूले एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएको खबर प्राप्त भएका छन्।
No ads found for this position




Facebook Comment