राष्ट्रपतिमा विजयी भएकोमा पौडेललाई देउवाको बधाई

डिसी नेपाल
२५ फागुन २०७९ १८:२४
1.4k
Shares

काठमाडौं। नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन्।

‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ देउवाले लेखेका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.