एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन सकेन : देव गुरुङ

डिसी नेपाल
२८ फागुन २०७९ १५:०५
72
Shares

काठमाडौं। माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका छन् ।

माओवादी धारका दलहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका हुन् ।

एमालेकै कारण अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिएको आरोप लगाएका उनले शान्ति प्रक्रिया टुंग्याउने विषयमा एमालेले लगातार नकारात्मक धारणा राख्दै आएको दाबी गरे ।

एमालेकै कारण सर्वोच्च अदालतको आदेशपछि संसदमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन अगाडि बढ्न नसकेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.