उपराष्ट्रपतिमा चारैजना भिड्ने

डिसी नेपाल
२८ फागुन २०७९ १७:३२
1.0k
Shares

काठमाडौं। उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ।

उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँच–बुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।

अन्तिम नामावलीमा मनोनयन दर्ता गराएका चारै जनाको नाम उल्लेख छ। जसमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव रहेका छन्।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए।

तर आयोगले आइतबार बिहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरिसकेको छ।

आगामी चैत ३ गते हुने संघीय संसद भवनमा उपराष्ट्रपति निर्वाचन हुँदै छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *