लघुवित्तविरुद्ध माइतिघरमा प्रदर्शन
काठमाडौं । लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने लगाएतका ५ बुँदे माग राख्दै संघर्ष समितिले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका लागि समितिले विभिन्न जिल्लाबाट सर्वसाधारणलाई काठमाडौं ल्याएको थियो ।
प्रदर्शनका सहभागीहरुले लघुवित्तीय संस्थाहरुले पिडा दिएको भन्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने धारणा राखेका थिए । प्रदर्शनपछि आयोजित सभामा व्यवसायी दुर्गा प्रसाईले सर्वसाधारणहरुको समस्या राज्यले बुझ्नुपर्ने बताए । उनले बैंक तथा बित्तिय संस्थाहरुले गरेको ज्यादती विरुद्ध राज्य मौन बस्न नमिल्ने तर्क गरे ।
पछिल्लो समय लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै मुलुकका विभिन्न स्थानमा विरोध भइरहेका छन् ।







डिसी नेपाल







Facebook Comment