स्युवियु निर्वाचनः पाँचथरका सबै क्याम्पसमा निर्बिराेध निर्वाचित

डिसी नेपाल
१ चैत २०७९ ७:५७
72
Shares

पाँचथर। पाँचथर जिल्लाका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन्।

सदरमुकामको पाँचथर बहुमुखी क्याम्पस, कुम्मायकको यासोक क्याम्पस, मिक्लाजुङको रवि क्याम्पस र याङवरकको थर्पु क्याम्पसमा स्ववियुका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतहरुका अनुसार जिल्लाका चारमध्ये सदरमुकामको पाँचथर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, दुईवटामा अनेरास्ववियु र एउटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियु अध्यक्षको नेतृत्व पाएका छन्।

सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वतः निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र संघीय विद्यार्थी युनियनका नेतृत्वले भागबण्डा गरेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दर्ता गराए पछि निर्बिराेध निर्वाचित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *