किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा (फाेटाेफिचर)

डिसी नेपाल
१ चैत २०७९ १४:४१
36
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा आज काठमाडौमा धर्ना दिएको छ।

बुधबार काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले, मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रर्दशन गरेको हो।
कार्यक्रममा सहभागिहरुले, बारी त जोतियो मल कहाँ छ?, मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता? लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन्।

धर्ना कार्यक्रमलार्य सम्बोधनगर्दै, राप्रपा बाग्मति प्रदेश सांसद सुनिल केसीले किसानमाथि राजनीति भइहरेको भन्दै आक्रोस पोखे।

उनले भने “किसान भनेको भगवान हो , भोको पेटले सेवा हुदैन, जुन खाद्यान्न हामीले खान्छौ उहाँहरु प्रति नै राजनीति भइरहेको छ । दलाल भगाउ देश जोगाउ किसानलाई साथ देउ । किसानको अनुदानमा सहज तरिकाले किसानलाई मल ल्याउने वातावरण सिर्जना गर्ने राप्रपा अहिले मैदानमा उत्रेको छ ।”

केसीले सरल सहज र सुपथ मुल्यमा किसानले मल पाउनु पर्नेमा जोड दिदै किसानका समस्या के छन् त्यसलाई सरकारले गम्भीर भएर समाधान गर्नुपर्ने बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *