नगरकोटमा हाइयर कमाण्ड तालिम
काठमाडौं। नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ।
बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गरेको उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ।
सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ।
सो अवसरमा बलाधिकृत रथी राणाले यस्ता तालिमले जटिल परिस्थितिमा उचित एवं प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास गर्ने बताए।
उनले भने, “रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।”
विसं २०७१ देखि सञ्चालन हुँदै आएको यो तालिम हालसम्म नौ महिलासहित दुई सय ७२ जना अधिकृतले पूरा गरिसकेको निर्देशनालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment