सत्तारुढ गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिमा यादव र झा मध्ये एक निर्क्यौल गर्ने

डिसी नेपाल
२ चैत २०७९ ७:५५
132
Shares

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउ नसके पछि आज पनि बस्न लागेको हो।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन्। दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी बनाउने प्रयास हिजो असफल भए पछि आज बस्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *