भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलिय पदार्थको मूल्य घटाएर सूची पठाएको छ। हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ।
सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ। आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ। जसअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ।
पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको रहेका बेला भारतमा घटेर आएको हो। खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ।
आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने वा यथावत राख्ने भन्ने निर्णय लिनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment