अमेरिकी डलर र बंगलादेशी टाकासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
काठमाडौं। अमेरिकी डलर र बंगलादेशी टाका लुकाएर लैजाने लागेको अवस्थामा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित चिनियाँ नागरिक ५२ वर्षीय चाई हुनान पक्राउ परेका हुन्।
उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो प्रक्राउ गरेको थियो। बंगलादेश एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डस् ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको साथमा सो रकम फेला परेको थियो।
प्रहरीले उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहिको लागि राजश्व अनुसन्धान विभाग पठाएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment