रूसी राष्ट्रपति पुटिनले युक्रेनको मारिउपोलको भ्रमण गरे

डिसी नेपाल
५ चैत २०७९ ११:३९
104
Shares

काठमाडौं । रुसी राष्ट्रपतिको कार्यालयले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सहर मारिउपोलको भ्रमण गरेको जनाएको छ । गत वर्ष मे महिनामा रुसले यो सहर कब्जा गरेको थियो ।

रूसी समाचार एजेन्सी टासले क्रेमलिनलाई उद्धृत गर्दै पुटिन हेलिकोप्टरबाट डोनबास क्षेत्रको यो सहर पुगेका र त्यहाँ बस्ने मानिससँग कुराकानी गरेको बताएको छ ।

पुटिनले त्यहाँको नेभस्की जिल्लाको भ्रमण गरेको र उनीहरुको निमन्त्रणामा उनीहरुलाई भेट्न परिवारको घरमा पनि गएको क्रेमलिनले जनाएको छ ।

गत वर्ष फेब्रुअरीमा युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाही’ सुरु गरेपछि पुटिनको मारियुपोलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

मारिउपोल पुग्नुअघि पुटिनले केही वर्षअघि रुसले कब्जा गरेको क्रिमियाको भ्रमण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *