मूर्ती चोरी गरेको अभियोगमा २८ वर्षीय तामाङ पक्राउ

डिसी नेपाल
५ चैत २०७९ १२:२२
184
Shares

काठमाडौँ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

गत माघ १६ गते उक्त मूर्ती चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान, विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *